FAQs Complain Problems

जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवदेन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निवेदन दस्तुर रु. १०/– र सिफारिस दस्तुर रु. ५००/– सम्म जम्मा रु. ५१०/–
आवश्यक कागजातहरु: 

१. निवदेन
२.निवदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता/जन्मदर्ता
३.मृत्युदर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा  मञ्जुरीनामा
४.जग्गा धनी प्रमाण पुर्जा मालपोत कर तिरेको रसिद
५.नाता प्रमाणितको फोटो कपी आवश्यक भएमा नापी नक्सा ।

प्रक्रिया: 

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने, कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईने छ।