FAQs Complain Problems

ग्यालरी

यस सुनकोशी गाउँपालिकाले आ. व. २०८०/८१ को वार्षिक समिक्षा मिति: २०८१/०५/०५ गते मंगलबारको दिन गाउँकार्यपालिकाको
सभाहलमा अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । उपाध्यक्ष श्री कान्छी लामा ज्यू,
प्रमुख प्रशासकीय अधिकृत श्री मोहनकुमार श्रेष्ठ ज्यू, वडाका वडाध्यक्ष ज्यूहरू, पालिका तथा वडाका कर्मचारीहरूको उपस्थितिमा
सम्पन्न उक्त कार्यक्रममा बिषयगत शाखा तथा वडाहरूले गत आ. व. २०८०/८१ मा भएका कार्यक्रमहरूको प्रस्तुतिकरण सहितको समिक्षा प्रस्तुत गर्नुभयो ।

मिति: 08/21/2024 - 13:57
, , , , , , , , , , , , , ,

संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय श्री देवेन्द्र दाहाल ज्यु लाइ सुनकोसी गाउँपालिकाको तर्फबाट
कार्यालय को सभा हलमा स्वागत गरियो। सिन्धुपाल्चोक को विभिन्न विपदग्रस्त क्षेत्र को निरीक्षण को क्रममा आउनु भएको बेला
गाउँ पालिकाले उहाँलाई स्वागत गरेको हो। गाउँपालिका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमिल्सिना ज्यू,उपाध्यक्ष श्री कान्छी लामा ज्यू,
प्रमुख प्रशासकीय अधिकृत श्री मोहन कुमार श्रेष्ठ ज्यू लगाएतले स्वागत गर्नु भएको थियोे । स्वागत कार्यक्रम मा गाउँपालिकाका

मिति: 08/13/2024 - 13:44
, , , , , , , , ,

सुनकोशी गाउँपालिकाको चालु आ.व.मा २०८०/८१ मा सञ्चालन गरिएका
योजना तथा गाउँपालिकाको सेवा प्रवाहको विषयमा आयोजीत
सार्वजनिक सुनुवाई आज मिति: २०८१/०३/३१ गते ६ नं. वडा कार्यालय थुम्पाखरमा सम्पन्न भएको छ ।

मिति: 07/15/2024 - 16:56
, , , , , , , , , , , , , , ,

सुनकोशी गाउँपालिकाको गाउँ सभाको चौथो अधिवेशनको दोस्रो बैठक आज मिति:२०८१/०३/३० गते सफलतापुर्वक सम्पन्न भएको छ
र बैठकमा पेश भएका नीति कार्यक्रम,बजेट लगायत बैठकमा पेश भएका सबै कार्यसूचीहरु सर्वसम्मत पारीत भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमिल्सिना ज्यूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ,उपाध्यक्ष श्री कान्छि लामाज्यूले
आगामी आर्थिक वर्षका लागि बार्षिक बजेट तथा न्यायिक समितिकाे प्रतिवेदन, लेखा समिति संयोजक श्री जालबहादुर लामाज्यूले लेखा समिति प्रतिवेदन,

मिति: 07/14/2024 - 19:35
, , , , , , , , , , ,

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सुनकाेशी गाउँपालिका
वडा नं. ३ कालिकामा संचालित १० दिने मिनीटिलर मर्मत तालिम र बाँस निगालाेकाे हस्तकला
सम्बन्धी सिप विकास तालिम सम्पन्न भएकाे छ। गा. पा. अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यू,
उपाध्यक्ष श्री कान्छी लामा ज्यू, वडाध्यक्ष श्री ईश्वर तामाङ ज्यू लगायतकाे उपस्थितिमा सम्पन्न ती
कार्यक्रमहरूले नयाँ उद्यमी सिर्जना गर्न मद्दत मिल्ने छ।१० दिने मिनीटिलर मर्मत तालिम पश्चात
सहभागीहरूलाई टुलबक्स समेत हस्तान्तरण गरिएको थियाे।साथै बाँस निगालाेकाे हस्तकला सम्बन्धी

मिति: 06/04/2024 - 16:32
, , , , , , , , , , , , , , ,

शारीरिक अपांगता परीक्षण घुम्ती शिविर वडा नं. ७ काे पांग्रेटार स्वास्थ्य चाैकीमा
सम्पन्न भएकाे छ।गा. पा. अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यू, उपाध्यक्ष श्री कान्छी लामा ज्यू,
प्रमुख प्रशासकीय अधिकृत श्री माेहनकुमार श्रेष्ठ ज्यू, वडाध्यक्ष ज्यूहरू, स्वास्थ्य शाखाका प्रतिनिधिहरू
लगायतकाे उपस्थितिमा उक्त शिविर संचालन भएकाे थियाे।

मिति: 06/02/2024 - 11:40
, , , , , , , , , ,

सुनकोशी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर प्रदान गरेको छ ।
गाउँपालिकामा निवेदन प्राप्त भएका सबै २१२ जनालाई मिनी टेलर प्रदान गरिएको हो।
कुल लागत २८४०० र कृषकहरुबाट ५० प्रतिशत साझेदारीमा १४२०० रुपियाँ प्रदान गरेपछि मिनी टेलर प्राप्त गरेका छन् ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत माेहनकुमार श्रेष्ठ,
वडाध्यक्षहरु लगायतले मिनी टेलर प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमका केही तस्बिरहरू।

मिति: 06/02/2024 - 11:36
, , , , , , , , , , , , , , , , , ,

मिति २०८१/०२/०९ गते वडा नं. १ ठाेकर्पा वडा कार्यालयकाे प्राङ्गणमा यस गाउँपालिकाकाे चालु
आ. व. २०८०/८१ काे याेजना, कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रम
सम्पन्न भएको छ।उक्त कार्यक्रमका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएकाे छ।

मिति: 05/24/2024 - 13:40
, , , , , , , , , , , , , , , , , , , , , , ,

शिक्षक सेवा आयोगबाट प्राथमिक शिक्षकमा नाम निकाली शिक्षा बिकास तथा समन्वय इकाइ चौताराबाट नियुक्ती लिएर सुनकोशी गाउँपलिकामा आउनुभएका ७ जना  शिक्षकहरुलाइ आज पदस्थापन गरियो ।Welcome in our team.

मिति: 04/09/2024 - 20:20

Pages